संघीय शिक्षा ऐनले शिक्षकका समस्या समाधान गर्ने शिक्षामन्त्रीको भनाइ

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले धेरै समस्या र उल्झनलाई छिचोलेर संघीय शिक्षा विधेयकलाई संघीय संसद्मा पेस गर्न लागिएको बताएका छन्। समाजवादी विद्यार्थी मोर्चाद्वारा आयोजित एक अन्तरक्रियामा उनले शिक्षा क्षेत्रको समग्र विकासका लागि सो विधेयकले महत्त्वपूर्ण योगदान गर्ने र शिक्षकको समेत समस्या समाधान हुने बताए।

मन्त्री राईले आफ्नो प्राथमिकता उच्च शिक्षाको छाता विधेयक रहेको बताए। उनले संविधानले मौलिक हकका रूपमा दिएको धेरै विषयवस्तुलाई कार्यान्वयनमा लैजानु जरुरी रहेको र त्यसमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको स्पष्ट पारे। शिक्षामन्त्री राईले समाजवादको आधार तयार पार्नका लागि युवा विद्यार्थीले जोसमा होस राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।

नेकपाका स्थायी समिति सदस्य उमा भुजेलले विभिन्न आन्दोलन र विद्रोहको जगमा अगाडि बढ्न लागेको नेपाली विशेषताको समाजवादलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन्। नयाँ ढंगले समाजवादलाई अगाडि बढाउनु जरुरी रहेको स्पष्ट पार्दै उनले पुँजीवादले समेत त्यसको केही आधार राखेर अगाडि बढिरहेको बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर