प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न आज बिहान सरकारी निवास बालुवाटार पुगेका हुन्।

दुई नेताबीचको भेटमा भएका कुराकानी सार्वजनिक नगरिए पनि संसद् अवरोध हटाउने र मंगलबार बोलाइएको संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बुझिएको छ। प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद् बैठक बोलाएका छन्।

संवैधानिक परिषद् बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको छलफललाई अर्थपूर्णरुपमा लिइएको छ। उनीहरूबीच आइतबार पनि एक्ला एक्लै भेटवार्ता भएको थियो। त्यसपछि प्रधानन्यायाधीशको नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर