मधेसका दुई मन्त्रीद्वारा राजीनामा

धनुषा। मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन्। प्रदेश सरकारका बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र बिना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज सोमबार मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन्। उनीहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए।

नमत पार्टीका नेता विपी साहका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएका हुन्। यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी) का गोविन्द न्यौपानेलाई दिएका थिए।

त्यसयता कुशवाहा विना विभागीय मन्त्रीको हैसियतमा थिए। कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खंगलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको साहले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर