कोसीको मुख्यमन्त्रीमा फेरि पनि थापा नियुक्त,  शपथ भोलि

काठमाडौ. । कोसी प्रदेशको मुख्यमन्त्रीमा फेरि पनि उद्धव थापा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त थापाको पद तथा गोपनीयताको शपथ भोलि (बुधबार) बिहान १०ः३० बजे हुने बताइएको छ ।

नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसदको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

आजै सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्‍याउन राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर