केन्द्रीय समिति विस्तार गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले समावेशिताको सुनिश्चितताका लागि विधान संशोधन गर्दै केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीमा केही विधानविपरीत भएकाले संशोधन गर्न लागिएको र थप केही महिला, समावेशी, केही युवा तथा छुटेका सिनियर नेताहरुलाई केन्द्रीय समितिमा ल्याउने जानकारी दिए।

त्यस्तै, स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय समेत गरेको उनले बताए। केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीति अवस्थाको बिफ्रिङ गर्दै राजनीतिक प्रतिवेदन पेस गर्ने र सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने महराले जानकारी दिए। माओवादी केन्द्रको पाँचदिने केन्द्रीय समिति बैठक बुधबारदेखि नै काठमाडौंमा सुरु हुँदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर