काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन्। साँझ ५ बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउने छन्।
थापा २६ दिनमा दुई पटक मूख्यमन्त्री नियुक्त भएका हुन्। सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि पुनः उनकै मत प्रयोग गरेर बहुमतसहित दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। यसअघि सभामुख गौतमले नै समर्थन गरेका कारण सर्वोच्चले थापाको नियुक्ति असंवैधानिक ठहर गरेको थियो।

