रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै छ। बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने कोषाध्यक्ष बसुमाया तामाङले जानकारी दिइन्।

बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुने छ । मंसिरदेखि तल्लो तहका अधिवेशन थालेर फागुनमा महाधिवेशन गर्ने रास्वपाको तयारी रास्वपामा १२१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ केन्द्रीय सदस्य मात्र मनोनित भएका छन् ।

समसमायिक विषयमा पनि छलफल हुने कोषाध्यक्ष तामाङले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर