दोलखा। दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ। तीन जना बेपत्ता भएका छन्। गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गएराति पहिरो गएको हो। गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए।
पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन्। स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए। सो पहिरोमा परी तीनजना घाइते भएका छन्। बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ। उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।रासस

