महिला विश्व कप : जापान क्वाटरफाइनलमा प्रवेश

काठमाडौं। नर्वेलाई हराउँदै जापान महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ। न्युजिल्यान्डको वेलिङ्टनमा भएको खेलमा नर्वेलाई ३–१ गोलले हराउँदै जापान अन्तिम ८ मा पुगेको हो।

पहिलो हाफमा एक गोल गरेको जापानले दोस्रो हाफमा दुई गोल गरेको हो। उसका इन्ड्रिड इन्गेन, रिसा शिमिजु र हिनाता मियाजावाले गोल गरे। नर्वेकी गुरो रेइटेनले एक गोल फर्काइन्।

आजै भएको पहिलो खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन पनि क्वाटरफाइलनमा पुगेको छ। विश्व कपमा आजदेखि नकआउट चरणका खेल शुरु भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर