काठमाडौं। आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ।
आज तेजावी सुनको मूल्य एक लाख ११ हजा ९५० रुपैयाँ तोकिएको छ। यस्तै चाँदीको मूल्य १४ सय २५ रुपैयाँमा स्थिर छ। गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

