काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितीको बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताएका छन्।
बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आज आइतबार सम्बोधन गर्दै प्रचण्डले ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने बताएका हुन्।अध्यक्ष प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी भइरहेको बताए।

