प्रतिनिधिसभा बैठक पनि स्थगित

काठमाडौं। प्रतिनिधिसभा बैठक भोलि मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। संघीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभा बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज ४ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको अर्को बैठक साउन २३ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरेको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर