काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो।
नक्कली शैक्षिक प्रमाण पत्र प्रकरणमा उनलाई प्रक्राउ गरिएको स्रोतको भनाइ छ। मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।

