काठमाडौं। फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनल खेल आज शुक्रबारदेखि सुरू भएका छन् ।
अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा अहिले स्पेन र नेदरल्याण्ड्स भिडिरहेका छन् । यो खेल न्युजिल्याण्डको वेलिङ्टन क्षेत्रीय रंगशालामा भईरहेको हो । राउण्ड अफ सिक्सटिनको खेलमा स्विट्जरल्याण्डलाई ५–१ ले हराउँदै स्पेन तथा दक्षिण अफ्रिकालाई २–० ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुगेका हुन् ।
शुक्रबारनै हुने दोस्रो खेलमा जापान र स्विडेन भिड्नेछन् । यो खेल नेपाली सयम अनुसार दिउसो सवा १ बजे न्युजिल्याण्डको अकल्याण्डमा रहेको राष्ट्रिय रंगशाला इडन पार्कमा हुनेछ । राउण्ड अफ सिक्सटिनको खेलमा नर्वेलाई ३–१ ले हराउँदै जापान तथा अमेरिकालाई पेनाल्टी शुट आउटमा हराउँदै स्विडेन क्वाटरफाइनलमा पुगेका हुन् ।
प्रतियोगिताको बाँकी दुईवटा क्वाटरफाइनल खेलमा शनिबार अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्याण्ड र कोलम्बिया भिड्नेछन् ।