सुन तस्करी प्रकरण : व्यापारी अडुकिया विमानस्थलबाट पक्राउ

काठमाडौंं। सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन्। भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज शुक्रबार पक्राउ परेका हुन्।

पक्राउ परेका अड्कियालाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए।असार ३० मा हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स हुँदै काठमाडौं ल्याइएको ‘ब्रेक प्याड’भित्र राखेर सुन तस्करी हुँदा राकेश अकुडिया पनि मुछिएका छन्। प्रहरीले उनलाई खोजिरहेको बेला छोरा पक्राउ परेका हुन्। सुन तस्करी प्रकरणमा नाम जोडिएपछि राकेश भने फरार रहँदै आएका छन्।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर