काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन्। शनिबार ओली निवास भक्तपुरको बालकोट पुगेर तुलाधर एमाले प्रवेश गरेकी हुन्।
तुलाधर एमाले प्रवेश गरेसँगै नेकपा एस त्यागेर एमाले फर्किने केन्द्रीय सदस्यको संख्यक ३१ पुगेको छ। नेकपा एसबाट हालसम्म ३१ जना केन्द्रीय सदस्य तीनजना पदाधिकारी साथै १४ जना जिल्ला अध्यक्ष एमाले प्रवेश गरिसकेका छन्।

