ललिता निवास प्रकरणमा छानबिनका लागि सघाउन आफू तयार भएको बाबुरामको भनाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफू प्रधानमन्त्री हुँदा आफुले सानो अंशमा केही निर्णय गरेको त्यसको छानबिनका लागि आफू सघाउन तयार रहेको बताएका छन् ।

पार्टीले सञ्चालन गरेको अभियानका क्रममा सुर्खेत पुग्नु भएको अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा ललिता निवास जग्गा प्रकरणमा आफू छानबिनका तयार रहेको बताएका हुन् ।

लतिला निवासको जग्गा प्रकरणमा त्यो निर्णयले राज्यलाई हानी नोक्सानी भएको भए त्रुटी भएको भए आफू त्यसका लागि तयार नै रहेको उनको भनाइ छ । शासकीय स्वरुप बदल्नु पर्ने अवस्था आइपुगेको भन्दै उनले प्रत्यक्ष प्रणालीमा जानुपर्नेमा जोड दिए ।

कसैको पूर्ण बहुमत नभएका कारणले गठबन्धन जुनसुकै बेला भत्किन सक्ने उनको दावी छ । देशमा भएका भ्रष्टाचारका काण्ड बहुदलीय व्यवस्थादेखि काण्ड घट्ने गरेको अहिले पनि शक्ति हुँदा काण्ड हुने गरेको त्यसको अन्त्यका लागि अब उच्चस्तरीय छानबिन समिति बनाउनु पर्नेमा भट्टराईको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर