एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं। नेकपा (एमाले)ले सुन प्रकरण र संसद् अधिवेशनबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ। एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोधलगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर