इंग्लीश प्रिमियर लिग : आर्सनल, ब्राइटन र न्युकासल विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा आर्सनल, ब्राइटन र न्युकासल युनाइटेडले सहज जित निकालेका छन् ।

गत वर्षको उपविजेता टोली आर्सनलले नयाँ सिजनको पहिलो खेलमा नटिङ्घम फरेष्टलाई २–१ ले हरायो । आर्सनलका एडी एन्केतिया र बुकायो साकाले एक एक गोल गर्दा फरेष्टका तायो अयोनियीले एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा न्युकासल युनाइटेडले एस्टन भिल्लालाई ५–१ ले पाखा लगाउँदा ब्राइटनले प्रिमियर लिगको नवप्रवेशी टोली लुटन टाउनलाई ४–१ ले हरायो ।

यसैगरि फुल्हमले एभर्टनलाई १–० ले पराजित गर्दा क्रिष्टल प्यालेसले शेफिल्ड युनाइटेडमाथि १–० कै जित निकाल्यो । बर्नमाउथ र वेष्ट ह्याम युनाइटेडले एक एक गोलको बराबरीमा चित्त बुझाए ।

प्रिमियर लिग फुटबलमा आइतबार दुई खेल हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय