ललिता निवास प्रकरणको छानबिनमा सहयोग गर्छु : नेपाल

काठमाडौं। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणको छानबिनमा आफूले सहयोग गर्ने बताएका छन्। सोमबार युरोप भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

उनले ललिता निवास जग्गा प्रकरणमा छानबिन हुनुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने बताए। ‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ।’

आफू कम बोल्ने र बोलिसकेपछि तह लगाएरै छाड्ने स्वभावको भएको उनको भनाइ छ। उनले भ्रमणमा जानु एकदिन अघि सर्वोच्च अदालतले ललिता निवास जग्गाको छानबिन प्रक्रिया अघि बढाउनु भनेर आदेश आएको बताए। उनले अदालतको आदेश आउनु र युरोप भ्रमण तय हुनु संयोग मात्र भएको बताए। नेपालले आफू प्रधानमन्त्री हुँदा कतिपय जग्गासम्बन्धी निर्णय भएको तर भ्रष्टाचार नगरेको दावी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर