एमालेको सचिवालय बैठक सुरु

काठमाडौं। पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ।

सुन तस्करीको घटनामाथि उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले संघीय संसद्मा जारी गत्यावरोधका विषयमा पनि छलफल गर्ने जनाइएको छ।

सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा मध्याह्न १२:३० बजे बैठक सुरु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर