केशव स्थापित पार्टीबाट बिदा भए

काठमाडौं । नेकपा ९एमाले० का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन् ।

सोमबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यबाट बिदा दिने निर्णय गरेको हो । स्थापित २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए ।

स्थापितसँगै अन्य दुई केन्द्रीय सदस्यलाई सचिवालय बैठकले बिदा गर्ने निर्णय गरेको बताइएको हो ।उहाँहरूले पार्टी कार्यकारी भूमिकाबाट बिदा लिन चाहेकाले राजीनामा स्वीकृत गरिएको बताइएको छ ।

सोमबार बसेको एमाले सचिवालयको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई मनोनीत गरेको छ भने अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत भएक छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर