सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर रूपमा लागेको बताएका छन् ।

आज सिंहदरबारमा भएको महालेखा परीक्षकको कार्यालयको कामबारेको छलफलमा उनले राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्ने गरी काम गर्नुपर्ने बताए ।

“हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान अभियानमा छौँ । सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्वपूर्ण सर्त हो । तर, आम जनतामा राज्य र राज्यका विभिन्न अंगप्रतिको विश्वास कमजोर भएको बेला छ । इमान्दारिता र पारदर्शिताको तह घटेर तल गएको छ । यो स्थितिलाई बदल्नैपर्छ,” प्रधानमन्त्रीले भने, “विश्वासनीयता कसरी कायम गर्ने, पारदर्शिता कसरी गराउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्दछ ।”

उनले राज्यका अंगहरु जिम्मेवार नभएसम्म सुशासन, पारदर्शिता र जवाफदेहितामा प्रगति हासिल गर्न नसकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर