काठमाडौं। एमालेले सत्ताबाट हट्नासाथ संसद्लाई गतिहीन बनाउने प्रयत्न गर्दै आएको अर्थमन्त्री डा. प्रकाशशरण महतले आरोप लगाएका छन्।जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्।
एमालेले बखेडा झिकेर संसद्लाई प्रभावहीन बनाउने काम गरिरहेको उनले बताए। मन्त्री महतले नेकपा एमालेको अनावश्यक हठका कारणले संसद अवरोध भईरहेको बताउनु हुँदै एमालेले गरेको संसद अवरोधले धेरै विधेयकहरु सरकारले संसदमा प्रवेश गराउन नसकेको बताए।
उनले सुनकाण्डमा सरकारले छानविन गरिरहेको बताउदै यसको नाउमा अनावश्यक बखेडा झिक्न नहुने बताए। संघीयता, संघीय कानुन, संसद र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धी बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेकाले बखेडा छोडेर प्रक्रियामा आउन एमालेलाई आग्रह गरेका छन्।

