काठमाडौं । पाहुना टोली न्युजिल्यान्डले घरेलु टोली युएईलाई पहिलो टी-ट्वान्टी आईमा पराजित गरेको छ । बिहीबार राती दुबईमा भएको खेलमा पाहुना टोली न्युजिल्यान्ड १९ रनले विजयी भएको हो । योसँगै तीन खेलको टी-ट्वान्टी आई सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ ।
न्युजिल्यान्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको युएई १९ दशमलब ३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । युएईको लागि अर्यांश शर्माले ४३ बलमा ९ चौका र १ छक्कासहित ६० रनको अर्धशतकीय ईनिङ खेले पनि जिताउन सकेनन् ।
अली नासिरले १६ तथा वृत्य अरविन्द र आसिफ खान १३/१३ रनमा आउट भए । अंश टन्डन १२ रनमा आउट भए । दुईबीचको दोस्रो खेल शनिबार हुनेछ ।