काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले (भोलि) आइतबारबाट संसद्को अवरोध हट्ने बताएका छन् । संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले आज पनि संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए । त्यसक्रममा उनले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘हामीले निरन्तर पहल गर्दै आएको तपाईँहरूलाई थाहा छँदै छ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ’, उनले भने, ‘आशा छ भोलि सदन खुल्छ ।’

