सदन खुलाउन प्रधानमन्त्रीले दलहरूसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध हटाउन राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुलाई छलफलको लागि बोलाएका छन्। साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफलको लागि बोलाएका हुन्।

गत निर्वाचनमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यता प्राप्त दलहरूमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी पर्दछन्।

सुन तस्करीको विषयमा छानविन समितिको मागसहित साउन १० यता नेकपा एमालेले लगातार रूपमा सदन अवरोध गर्दै आएको छ।

लामो समयदेखि सदन अवरोध हुँदा सदनमा सांसदहरूले जनताका आवाज उठाउन पाएका छैनन् भने संसद्‌ले गर्नुपर्ने विभिन्न कानुनी र प्रक्रियागत कामहरू पनि रोकिएका छन्।

प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजेका लागि तय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर