काठमाडौं । फिफा महिला विश्वकप फुटबलको फाइनलमा आइतबार इंग्ल्याण्ड र स्पेन भिड्दैछन् ।
यो खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुबै टोली पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जित्ने अभियानमा रहेका छन् ।
सेमिफाइनलमा आयोजक अष्ट्रेलियालाई ३–१ ले हराउँदै इंग्ल्याण्ड तथा स्विडेनलाई २–१ ले हराउँदै स्पेन फाइनलमा पुगेका हुन् । यस खेलको विजेता महिला विश्वकपको उपाधि जित्ने पाँचौ राष्ट्र बन्नेछ । यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले एक एक पटक फिफा महिला विश्वकपको उपधी जितेका छन् ।
यसपटक आयोजक अष्ट्रेलिया चौथो भएको छ भने स्विडेन तेस्रो भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको प्ले–अफ् खेलमा स्विडेनले अष्ट्रेलियालाई ३–१ ले हराएको हो ।