एजेन्सी । स्पेनले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जितेको छ ।
आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएको फाइनल खेलमा इङ्ग्ल्यान्डलाई १–० गोलले हराउँदै स्पेनले उपाधि हात पारेको हो ।
स्पेनका लागि ओल्गा कारमोनाले खेलको २९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो ।
इङ्ग्ल्यान्ड आयोजक अस्ट्रेलियालाई हराउँदै र स्पेन स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेका थिए । हिजो शनिवार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो भएको छ ।
अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको यो महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।
स्पेन महिला फुटबल विश्वकप जित्ने पाँचौँ टिम बनेको छ । यसअघि अमेरिकाले सबैभन्दा धेरै ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १र१ पटक जितेका छन् ।