काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ ।
नेपाललाई प्रहरीले अहिले बिहान बोलाएको थियो । स्रोतले दिएको जानकारीअनुसार नेपालको निवासमा पुगेर बयान लिइएको हो । एसएसपी दिनेश आचार्यले पनि नेपालसँग बयान लिइएको जानकारी दिए ।

