काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत पाएका छन् ।
प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् । प्रस्तावको विपक्षमा ३० मत परेको थियो ।
१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले ३ भदौमा विश्वासको मत लिन चाहेका थिए । तर उपसभामुख सृजना दनुवार आज सोमबारका लागि बैठक राख्नुभयो र बिहान उपचारका लागि भन्दै काठमाडौं आइन् ।
त्यसअघि उनले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी तोकेका थिए । मन्सुरीले अध्यक्ष मण्डलको सदस्यका हैसियतमा प्रदेशसभा बैठक सञ्चालन गरे ।

