काठमाडौं । नेपाली महिलाको विशेष वर्ष तिज नजिकिदैँ छ । यहि अवसरमा गीतहरु बजारमा आइरहेका छन् भने विभिन्न देशका तीव विशेष कार्यक्रमहरु पनि हुने भएका छन् । कलाकारहरु चाडपर्वमा देश बाहिर धेरै व्यस्त हुने गर्छन् । यहि तीजको अवसरमा अस्ट्रेलियाको सिडनीमा चर्चित लोकगायक पशुपति शर्मासहितको विशेष कार्यक्रम हुने भएको छ ।
दृष्य इन्टरटेन्टमेन्ट्सले आगामी शुक्रबार (२५ अगष्ट) मा ओरानपार्कमा तिज धमाका कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा पशुपति शर्माले तिजको विशेष प्रस्तुती दिने छन् भने स्थानीय कलाकारको पनि प्रस्तुती रहने छ ।
कार्यक्रममा धुर्सन कन्ट्रक्सनले मुख्य प्रायोजन गरेको छ । यस्तो लक्ष्मी होम लोन, राइट एन्ड एशोसियट्सलगायतले सहयोगी भुमिका निर्वाह गरेका छन् । कार्यक्रममा सहभागितका लागि आयोजकले आग्रह गरेका छन् ।