काठमाडौँ । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २०० र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर कारोबारमा आएको छ । महासंघका अनुसार मूल्य बढेसँगै आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ थियो ।

