काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनुपस्थित भएपछि सर्वदलीय बैठक स्थगित भएको हो।
बैठक दिउँसो बोलाइको थियो। स्वास्थ्य समस्या देखापछि अध्यक्ष ओलीमा उपस्थित हुन नसकेको बुझिएको छ। अस्वस्थताको कारण देखाउँदै अध्यक्ष ओली नआएपछि बैठक अघि बढ्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
सोमबार रातिको बैठकमा सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदले प्रारम्भिक मस्यौदा तयार भएको थियो। सो मस्यौदा सबै दलको बैठक बसेर अन्तिम रूप दिने बताए पनि ओली उपस्थित नहुँदा मस्यौदाले अन्तिम रूप पाउन सकेन। त्यसै गरी आजको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि सूचना टाँस गरी स्थगित भएको छ।

