काठमाडौं । नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ–२०८० हुने भएको छ । यही भदौ १५ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, प्रज्ञा भवनमा नारायण रायमाझी सांगीतिक साँझ हुने भएको हो ।
कार्यक्रम दिउँसो १ बजेदेखि ७ बजेसम्म हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले कार्यक्रमबारे औपचारिक जानकारी दिएको हो ।
२०७९ फागुन १२, १३ र १४ गते धादिङमा सम्पन्न आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले सांगीतिक साँझ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । रायमाझी प्रतिष्ठानका सल्लाहकार हुन् ।
एकल साँझमा लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले आफ्ना गीतहरू प्रत्यक्ष गाउने छन् ।

