जारी महिला टि ट्वेन्टी क्रिकेटको दोस्रो खेलमा आज नेपाल र कुवेत भिड्दै

काठमाडौं । मलेसियामा जारी महिला टि ट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा बुधबार आज नेपाल र कुवेत भिड्दैछन् । पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको नेपाल बुधबार पनि सोही लय दोहोर्‍याउन चाहन्छ ।

मलेसियाको वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा मंगलबाार भएको खेलमा हङकङले दिएको ८५ रनको विजयी लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि सम्झना खड्काले अविजित ३६ रन बनाइन् । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ ओभर १ बलमा अलआउट हुँदै ८४ रन बनाएको थियो । श्रृंखलामा नेपाल र हङकङसहित मलेसिया र कुवेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय