ललिता निवास प्रकरण : मुख्यसचिवले ल्याएको प्रस्तावमाथि निर्णय भएको माधव नेपालको भनाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास सम्बन्धी प्रस्ताव मुख्यसचिवमार्फत् आएको बताएका छन् ।

उनले सीआईबीलाई दिएको बयानमा भनेका छन्, “मन्त्रिपरिषद्मा निर्णयार्थ पेस हुने सम्बन्धित मन्त्रालयको प्रस्ताव मुख्य सचिवमार्फत् मन्त्रिपरिषदमा पेस हुने भएकाले यसरी पेस भएको प्रस्ताव प्रचलित नेपाल कानुन बमोजिम पेस भएको छ भन्ने विश्वासमा प्रस्ताव उपर निर्णय गर्ने गरिन्छ, मेरो प्रधानमन्त्रीत्वकालमा उल्लेखित निर्णयहरु हुँदा मुख्य सचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरु सम्मिलित बैठकले निर्णय गरेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर