काठमाडौं । मलेसियामा जारी महिला टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा शुक्रबार नेपाल आयोजक टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ ।
मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि ८५ रनको लक्ष्य पाएको मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नेपालले पहिलो दुई खेलमा हङकङलाई ६ विकेटले र कुवेतलाई ३४ रनले पराजित गरेको थियो । तर मलेसियासँग नेपाल पराजित हुन पुग्यो ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । वर्षाका कारण १८ ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाई ८३ रन बनाएको थियो ।डकवर्थ लुइस पद्दतिका आधारमा मलेसियाले ८५ रनको लक्ष्य पाएको थियो ।