नेप्से आज २०.५४ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से घटेको छ । आज नेप्से २०.५४ अंकले घटेर १९९३.३८ बिन्दुमा झरेको छ ।

आज २८० धितोपत्रको ३८ लाख ९५ हजार २३६ कित्ता सेयर एक अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँमा कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ३८२.१ को बिन्दुमा झरेको छ ।

आज १३ वटा उपसमूहमध्ये म्युचअल फन्ड उपसमूहको मात्र समूहगत सूचक बढेको छ । आज उक्त उपसमूहको समूहगत सूचक ०.२४ प्रतिशतले बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

आज कुथेली बुखारी स्माल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर