काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । स्थायी कमिटीको तेस्रो बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई चयन गरेको हो ।
केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ । अनेरास्ववियूको राष्ट्रिय महाधिवेशन आगामी मंसिर २२ र राष्ट्रिय सम्मेलन २३ गते हुने तय भएको छ । सम्मेलनसम्मका लागि नयाँ कमिटी गठन भएको हो ।
यसअघि अनेरास्ववियूको अध्यक्षमा सुदेश पराजुली थिए । लामा महासचिव थिइन् । श्रेष्ठ उपमहासचिव थिए ।

