रास्वपाले उद्योग समितिमा दिएको उमेदवारी फिर्ता लिएपछि जनमतका खान सर्वसम्मत

काठमाडौं ।राष्ट्रिय स्वतत्र पार्टी रास्वपाले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दिएको उमेदवारी फिर्ता लिएको छ।

सभापतिमा उमेदवारी दिनुभएका रास्वपाका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका अब्दुल खान सर्वसम्मत निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको सभापति पद बाँडफाँट भएको थियो।दलीय सहमति अनुसार प्रतिनिधिसभाको ९ वटा विषयगत समितिमा हिजो नै सर्वसम्मत रुपमा सभापति चयन भइसकेका थिए।

तर उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएकाले आज निर्वाचन गर्नुपर्ने थियो। तर निर्वाचनअघि पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत रुपमा सभापति निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर