काठमाडौं। आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल रद्द भएको छ। वर्षाका कारण जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको नेपाली महिला टोलीले ब्याटिङ गर्ने अवसर नपाएपछि खेल रद्द भएको हो।
नेपालले चारदेशीय महिला टी–२० खेलमा फाइनलमा हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको थियो। आईसीसी महिला विश्वकप टी–२० एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ।