काठमाडौं। प्रतिनिधिसभाको बैठक जारी छ। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची रहेको छ। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी निर्धारित कार्यक्रमका लागि बैठकको पहिलो एक घण्टाको समय निर्धारण गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिए। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्दा स्पष्टीकरणको व्यवस्था नगरिएको पनि सभामुख घिमिरेले बैठकमा जानकारी गराए।

