काठमाडौं। भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराती १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो।
भोजपुरको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का भोजपुर बिलम आसपासका क्षेत्रमा पनि महसुस भएको थियो।

