काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन्।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेको भन्दै त्यसबारे प्रधानमन्त्रीले आगामी चीन भ्रमणमा कुराकानी गर्ने बताएका हुन्।
उनले नेपाली भूमि नेपालको नक्सामा नदेखाइएको यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताए। उनले चीनको यस कदमबारे स्पष्ट हुनका लागि कूटनीतिक पहलकदमी बढाउनुपर्ने पनि बताए।

