सरकारले भ्रष्टारविरुद्धको अभियान भन्न सुहाँउदैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय उद्योग र उद्योगपतिको गला रेट्ने काम गरिरहेको आरोप लगाएका छन् ।

आज बुटवलमा पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । भ्रष्टाचार नियन्त्रणको नाममा राष्ट्रिय उद्योग र राष्ट्रिय उद्योगपतिलाई, राष्ट्रिय पुँजीलाई गला थिच्ने, गला रेट्ने काम अहिलेको सरकारले गर्न खोजिरहेको ओलीको भनाइ छ । सरकारले भ्रष्टारविरुद्धको अभियान भन्न नसुहाउने उनको टिप्पणी छ ।

उनले यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराएको भन्दै खोजी गर्न चुनौती दिए । गरिबले गरिखाएको सरकारले देख्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर