सिंहदरबारमा आगो लाईदिने बालेन साहको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरपालिकाको गाडी रोकिएको भन्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।

गए राती सामाजिक सञ्जालमा लेख्दै मेयर साहले अबका दिनमा महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएक छन् । सरकालाई ‘चोर’ को संज्ञा दिँदै उनले आजबाट पनि महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लाईदिने भन्दै सरकारलाई याद राख्न भन्नुभएको छ ।

मेयर साहले महागरका गाडीलाई कहिले कहाँ अवरोध भयो भन्ने चाहीँ खुलाउनु भएको छैन । मेयर साहको उक्त स्टाटसप्रति भने सामाजिक सञ्जालमा तीब्र प्रतिक्रिया देखिएको छ ।

यस्तो छ मेयर साहको फेसबुक स्टाटसः

‘आजको लागी केही भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

प्रतिक्रिया

सम्बन्धित खवर