बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु

काठमाडौं । बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ६ कोर्ध गाउँस्थित तुले रावलकी १२ वर्षीया छोरी प्रमिला रावल रहेकी छन्।

शनिबार राती १२ बजे हावाहुरी र वर्षासंगै परेको चट्याङ लागेर प्रमिलासंगै एक भैंसी,एक भैंसीको पाडो र एक गोरु समेत मरेको बडिमालिका नगरपालिकाका पुर्व मेयर पदम बडुवालले बताए। नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत बालिका प्रमिला बुवा तुले रावलसंगै भैंसी खर्कमा बस्दै आएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर