नेकपा एसले बोलायो सचिवालय बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। पार्टी कार्यालय आलोकनगरमा सोमबार बस्नेगरी बैठक बोलाइएको हो। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा आउँदो माघमा तय भएको महाधिवेशनको तयारी र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुनसक्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर