एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटको पराजित

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत खेलमा नेपाल भारतसँग १० विकेटको पराजित भएको छ । २३१ रनको लक्ष्य दिए पनि वर्षाका कारण प्रभावित भएपछि भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो ।

भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो । भारतका कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाए ।

डक वर्थ लेविस नियमअनुसार ओभर घटाएर २३ मा झारियो । भारतले पाएको नयाँ चुनौतीअनुसार १४५ रन बनाउनु पर्ने थियो ।

यो हारसँगै नेपाल १ अङ्क पनि नजोडी समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने यो जितसँगै ‘सुपर फोर’ मा पुगेको छ । समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै ‘सुपर फोर’ मा पुगिसकेको छ ।

समूह ‘बी’ बाट ‘सुपर फोर’ मा पुग्ने टोलीको टुङ्गो मङ्गलवार हुने श्रीलङ्का र अफगानिस्तानबीचको खेलबाट लाग्नेछ ।

सुपर फोर का खेल बुधवारदेखि हुनेछ । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय